गोल्डकप अपडेट : पहिलो हाफ सकियो, आयोजक २–१ ले अगाडी

ए वान डेस्क /
सिमरा रंशालामा जारी जीतपुरसिमरा गोल्डकपमा आज हिमालयन शेर्पा क्लब र आयोजक नव जनजागृती युवा क्लबचि खेल भईरहेको छ । प्रतियोगिता अन्र्तगत आजको खेलको पहिलो हाफ सकिएको छ ।
पहिलो हाफअघि सम्म आयोजक नव जनजागृती युवा क्लब सिमरा २–१ गोल अन्तरले अगाडी छ । यो समाचार तयार पार्दासम्म आयोजकका लागी जर्सि नम्बर १० का डोना थापा र जर्सि नम्बर ८ का लुईस बिडालले एक एक गोल गरेका थिए ।
उता, हिमालय शेर्पाका लागी जर्सि नम्बर १२ का पुर्ण गुरुङले एक गोल गरेका थिए ।