जीतपुरसिमरा गोल्डकप : आयोजक सेमिफाईनलमा प्रवेश

ए वान डेस्क
४ बैशाख २०७८, शनिबार २०:१२

ए वान डेस्क /

नव जनजागृती युवा क्लब सिमरा बाराको सिमरामा जारी जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आज भएको क्वाटरफाईनल खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक क्लब सेमिफाईनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा आयोजकको लागी जर्सि नम्बर १० का डोना थापा, जर्सि नम्बर ८ का लुईस बिडाल र जर्सि नम्बर १७ का सकल रेग्मीले गोल गरेका थिए । पहिलो हाफअघि २ गोल गरेको आयोजकले दोस्रो हाफपछि १ गोल थप गरेको थियो ।

उता, हिमालय शेर्पाका लागी जर्सि नम्बर १२ का पुर्ण गुरुङ र जर्सि नम्बर ७ का रवि राना एक एक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत भोलि अफ्रिकन रुट्स क्याम्रुन र त्रिभुवन आर्मी क्लबबिच खेल हुने आयोजक नव जनजागृती युवा क्लब सिमराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*