गोल्डकप अपडेट : अफ्रिकन रुट्स सेमिफाईनलमा प्रवेश, आर्मी पराजित
ए वान डेस्क /
बाराको सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा अफ्रिकन रुट्स सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट्स सेमिफाईनल प्रवेश गरेको हो ।
अफ्रिकन रुट्सका लागी जर्सि नम्बर ७ का एन जिमि दुई गोल गरे । उता, आर्मीका लागी भने जर्सि नम्बर १० का जर्ज कार्कीले एक गोल गरे ।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले थुप्रै अवसर पाएपनि अवसरको सदुपयोग गर्न नसक्दा पराजय भोग्नुपर्यो । अब अफ्रिकन रुट्सले फाईनल प्रवेशका लागी आयोजक नव जनजागृती युवा क्लब सिमरासंग खेल खेल्नेछ ।
प्रतियोगिता अन्र्तगत भोलि सशस्त्र प्रहरीको एपिएफ र बागमती फुटबल क्लबबिच खेल हुनेछ । दुई टिमबिचको खेल साझ ५ बजेपछि शुरु हुने आयोजक नव जनजागृती युवा क्लब सिमराले जनाएको छ ।