गोल्डकप अपडेट : १–१ को बराबरीमा खेल चल्दै
ए वान डेस्क /
सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ र बागमती फुटबल क्लबबिच खेल चलिरहेको छ । आज भईरहेको तेस्रो क्वाटरफाईनल खेलको दोस्रो हाफ शुरु भईसकेको छ ।
यो समाचार तयार पार्दासम्म एपिएफ र बागमतीले एक एक गोल गरेका छन् । भर्खरै बागमतीका लागी जर्सि नम्बर ७ का निरज थापाले एक गोल गरे । यसअघि एपिएफका लागी जर्सि नम्बर ७७ का प्रदिप लामाले एक गोल गरेका थिए ।























