जीतपुरसिमरा गोल्डकप : एपिएफ सेमिफाईनलमा प्रवेश

ए वान डेस्क
६ बैशाख २०७८, सोमबार २०:४५

ए वान डेस्क /

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटरफाईनल खेलमा बागमती फुटबल क्लबलाई २–१ ले गोल अन्तरले पराजित गर्दै एपिएफ सेमिफाईनल प्रवेश गरेको हो ।

एपिएफका लागी दुवै गोल जर्सि नम्बर ७७ का प्रदिप लामाले गोल गरेका हुन् । प्रतियोगितामा बाई पाउदै क्वाटरफाईनल खेल खेलेको एपिएफलाई आज विजयी हुन निकै हम्मे हम्मे पर्यो ।

भरतपुर फुटबल क्लबलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको बागमती फुटबल क्लबले अवसर पाएपनि अवसरको राम्रोसंग सदुपयोग गर्न सकेन् । बागमतीका लागी जर्सि नम्बर ७ का निरज थापाले गोल गरे ।

प्रतियोगिता अन्र्तगत भोलि ७ औ संस्करणको बिजेता विजय युथ क्लब हेटौडा र ८ औ संस्करणको बिजेता संकटा क्लब काठमाण्डौबिच खेल हुनेछ । दुई टिमबिचको खेल साझ ५ बजेपछि शुरु हुने आयोजक नव जनजागृती युवा क्लब सिमराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*