गोल्डकप अपडेट : निर्धारित समय सकियो, खेल बराबरीमा चल्दै

ए वान डेस्क
८ बैशाख २०७८, बुधबार २०:१२

ए वान डेस्क /

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा खेल आयोजक नव जनजागृती युवा क्लब सिमरा र अफ्रिकन रुट्सबिच खेल भईरहेको छ । प्रतियोगिता अन्र्तगतको पहिलो सेमिफाईनल खेलमा दुवै टिमबिच कडा प्रतिस्पर्धा भईरहेको छ ।

यो समाचार तयार पार्दासम्म दुवै टिमले एक एक गोल गरेका छन् । निर्धारित ९० मिनेटको खेल भर्खरै सकिएको छ । निर्धारित समयमा दुवै टिमबाट एक एक गोल भएपछि खेलमा अतिरिक्त समय थप गरिएको छ ।

आयोजकका अनुसार ३० मिनेट अतिरिक्त समय थप गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*