जीतपुरसिमरा गोल्डकपको फाईनल : आज कसले जित्ला उपाधी ?

ए वान डेस्क /
विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि संकटा क्लब र अफ्रिकन रुट्स एशोसिएशन (एआरए) आज भिड्दैछन् । दुई टिमबीचको फाईनल भिडन्त सिमरा रंगशालामा आज साझ हुदैछ ।
जीतपुरसिमरा गोल्डकपको आठौं संस्करणको बिजेता संकटा दोस्रो पटक उपाधी जित्ने दाउमा रहदा पहिलो पटक सहभागिता जनाएको एआरए ईतिहास रच्ने रणनितिमा हुनेछ । एआरए पाहुना टोलीको रुपमा पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको हो ।
यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमलाई उपाधीको दावेदारको रुपमा हेरिएको छ । एआरएलाई पराजित गरे संकटाको जारी सिजनमा यो दोस्रो उपाधी हुनेछ । प्रतियोगिताको उपाधी बिजेताले सात लाख र उपबिजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल र विधागत उत्कृष्ट भएका खेलाडीले जनही १५ हजार नगद प्राप्त गर्ने आयोजक नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।