सिमरा चोकमा युवाहरुले बाडे मास्क

ए वान डेस्क
११ बैशाख २०७८, शनिबार १०:२१

ए वान डेस्क /

बाराको सिमरामा आज युवाहरुले मास्क वितरण गरेका छन् । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै बाटोमा हिडिरहेका शर्वसाधारणलाई युवाहरुले आज विहान मास्क वितरण गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय सिमरासंगको समन्वयमा पैदल यात्रा गरिरहेका शर्वसाधारणलाई मास्क वितरण गरिएको युवा समाजसेवी सोमलाल बोम्जनले जानकारी दिनुभयो । ‘पैदल यात्रा गर्ने शर्वसाधारण जसले मास्क लगाउनुभएको थिएन, उहाहरुलाई मास्क दियौ’ उहाले भन्नुभयो ।

अर्का युवा प्रकाश ढुंगानाले विना मास्क यात्रा गरिरहेका शर्वसाधारणलाई मास्क गरिएको बताउनुभयो । ‘विना मास्क यात्रा गरिरहनुभएका यात्रुहरू र पैदल यात्रिहरूलाई मास्क वितरण गरेका छौ’ उहाले भन्नुभयो ।

कोरोना संक्रमणको क्रम दिनप्रतिदिन बढ्दै जादा प्रहरीले पनि सचेतना अभियानलाई प्रभावकारी बनाउदै लगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*