जीतपुरसिमरा गोल्डकप : प्रधानमन्त्री केपि शर्मा ओलिले दिए शुभकामना
![](https://www.a1samachar.com/wp-content/uploads/2017/12/kpoli.jpg)
ए वान डेस्क /
प्रधानमन्त्री केपि शर्मा ओलिले खेल क्ष्ँेत्रको विकासमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपको समापन समारोहमा आफ्नो शुभकामना सन्देश पठाउदै प्रधानमन्त्री ओलिले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलिले पठाउनुभएको शुभकामना सन्देश नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनालीले पढेर सुनाउनुभएको थियो । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलिले जीतपुरसिमरा गोल्डकप सफल्ता पुर्वक सम्पन्न गरेकामा आयोजक क्लबलाई धन्यवाद दिनुभएको थियो ।
प्रतियोगितामा बिजेता हुने टिमलाई बधाई तथा शुभकामना दिदै प्रधानमन्त्री ओलिले खेल क्षेत्रको विकाशमा नव जनजागृती युवा क्लब सिमराले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।