कोरोनाका कारण जीतपुरसिमरामा एक जनाको मृत्यु

ए वान डेस्क
१४ बैशाख २०७८, मंगलवार १३:१७

ए वान डेस्क /

कोरोना संक्रमणका कारण जीतपुरसिमरा उपमहानगरपालिकामा एक जनाको मृत्यु भएको छ । नारायणी अस्पतालले दिएको जानकारी अनुसार कोरोनाका कारण वडा नम्बर ४ का ४० बर्षिया महिलाको मृत्यु भएको हो ।

उनको मृत्यु नारायणी अस्पतालको आइसोलेसन वार्डमा भएको अस्पतालले जनाएको छ । वडा नम्बर ४ निवासी ४० वर्षीया महिलालाई वैशाख ९ गते नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

सोही दिन भएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आज बिहान साढे १ बजेतिर उनको मृत्यु भएको थियो ।

कडा निमोनियाका कारण उनमा स्वासप्रश्वासको बढी समस्या थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*