सिमराका युवाहरुले हुलास प्रशासनलाई दिए ज्ञापन–पत्र
ए वान डेस्क /
कोरोना माहामारीको समयमा मापदण्ड अनुसार उद्योग सञ्चालन गर्न माग गर्दे युवाहरुले बाराको सिमरामा रहेको हुलास स्टिललाई आज ज्ञापन पत्र बुझाएका छन् । वडा नम्बर २ का वडा सदस्य धन बहादुर श्रेष्ठको संयोजकत्वमा हुलास स्टिल पुगेको युवाहरुको टोलिले उद्योग प्रशासनलाई आज ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमार्फत युवाहरुले कोरोना संक्रमण रोकथामको उपाय अपाउन उद्योग प्रशासनलाई आग्रह गरेका हुन् । उद्योग प्रशासनलाई रोकथामका उपायहरु अपनाउन आज ज्ञापन पत्रमार्फत ध्यानाकष्र्ण गराईएको वडा सदस्य धन बहादुर श्रेष्ठले जानकारी दिनुभयो । ज्ञापन पत्र मार्फत ७ बुदे माग राखिएको जनाईएको छ ।
यस्तो छ युवाहरुले उद्योग प्रशासनलाई बुझाएको ज्ञापन पत्र
























