बारासहित प्रदेश २ का चार जिल्लामा थपिए १०४ कोरोना संक्रमित

ए वान डेस्क
२० बैशाख २०७८, सोमबार १०:३८

कोरोनाको ‘हटस्पट’ बन्दै गएको वीरगञ्ज क्षेत्रमा पछिल्लो २४ घण्टामा १०४ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये ६६ पुरुष र ३८ महिला रहेका छन्। उनीहरुको सिटी भ्यालु १५ दशमलब ५ देखि ३५ दशमलब ५ सम्म रहेको छ।

१९२ जनाको परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए। संक्रमितमध्ये पर्साका ८८, बाराका ११, रौतहटका चार र सर्लाहीका एकजना रहेका छन्।

पछिल्लोपटक भेटिएका संक्रमित अघिल्लो दिनहरुभन्दा कम हो। यसअघि परीक्षण गराएकामध्ये ७५ प्रतिशतभन्दा बढी संक्रमण देखा परेको थियो। आज ५४ प्रतिशत मात्र संक्रमित फेला परेको डा. दासले बताए।

दोस्रो लहरको कोरोनाका कारण वीरगञ्ज क्षेत्रमा मात्र दुई हजार संक्रमित संख्याभन्दा बढी रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*