बारामा २३ गतेदेखि नया नियम : हेर्नुस् के गर्न पाईन्छ, के गर्न पाईदैन् ?

ए वान डेस्क
२१ बैशाख २०७८, मंगलवार २१:२४

ए वान डेस्क /

जिल्ला प्रशासन कार्यालय बाराले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न जिल्लामा नया नियम लागु गर्ने भएको छ । कलैयामा आज बसेको डिसिसिएमसि र पालिका प्रमुखहरुको बैठकले गरेको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालय बाराले नया नियम लागु गर्ने भएको हो ।

प्रशासन कार्यालयमा बसेको बैठकले संक्रमण दर तिब्र रुपमा बढिरहेको भन्दै यसको रोकथाम र नियन्त्रण गर्न कडाईका साथ प्रस्तुत हुने निर्णय गरेको हो । जस अनुरुप प्रशासन कार्यालयले १६ वटा आदेश जारी गर्दै कडाईका साथ पालना गर्न गराउन सम्बन्धीत नियकालाई अनुरोध गरेको छ ।

डिसिसिएमसि र पालिका प्रमुखहरुको बैठकले गरेको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालय बाराले बनाएको नया नियम २३ गते बिहान ६ बजेदेखि लागुहुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । अर्को आदेश नभएसम्मका लागी लागु गरिएको नियम पालना नगरे कानुन अनुसार कारर्वाही गरिने उहाले बताउनुभयो ।

हेर्नुस् के गर्न पाईन्छ, के गर्न पाईदैन् ?

बारामा खाद्यान्न, सागसब्जी, माछा मासु, औषधी जस्ता अत्यावश्यक सेवाका पसल शनिवार बाहेक प्रत्यक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाईनेछ ।
सार्वजनिक यात्रु बहाक तथा निजि सवारी साधन पुर्ण रुपमा सञ्चालनमा रोक लगाईने भएको छ ।
अत्यावश्क सामाग्री ढुवानी गर्न पाईने

अरु के के निर्णय भयो त आज ? हेर्नुस् यो पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*