कोरोनाभाइरस : पुरुषमा भन्दा महिलामा किन कम देखिएको छ ?

कोरोनाभाइरस (कोभिड १९) अहिले हाम्रा लागि सबैभन्दा ठूलाे समस्या भएकाे छ । तर पुरुष र महिलामा फरक फरक तरिकाको प्रभाव पारेको छ ।
र, यसको सबैभन्दा सहज प्रमाण हो, अहिलेसम्म विश्वमा कोरोनाभाइरसका कारण भएका मानिसहरुको निधन । जस्तो कि अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुने पुरुषको संख्या महिलाको भन्दा कम्तिमा पनि दोब्बर छ । पश्चिमी युरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुने पुरुष ६९ प्रतिशत छन् । चीन, जहाँ यो भाइरस पहिलो पटक देखिएको थिया, मा पनि पुरुष नै यो भाइरसका कारण बढी प्रभावित भएका थिए ।
किन भएको छ त यस्तो ?
यसको स्पष्ट जवाफ अहिलेसम्म आएको छैन । तर, अनुसन्धानकर्ताहरु अब यसको खोजीमा लाग्न थालेका छन् ।
अक्सफोर्ड विश्वविद्यायका प्रोफेसर फिलिप गोल्डरले चाहिँ महिलाको रोगप्रतिरोधात्मक क्षमता पुरुषको भन्दा बढी हुने भएकाले यस्तो भएको हुनसक्ने बताएका छन् । कुनै पनि भाइरस सक्रिय हुनका लागि र विशेषगरि कोरोनाभाइरस सक्रिय हुनका लागि शरीरमा भएको एक्स क्रोमोजोमको ठूलो भूमिका हुने भएको र महिलामा यो क्रोमोजोम दुई वटा हुने भएकाले उनीहरुले भाइरसलाई सहजै निस्तेज गर्न सक्ने पनि बताइएको छ ।
अर्कोतिर पुरुष यो भाइरसको बढी शिकार हुनुको कारण चाहिँ उनीहरुको जीवनशैली पनि मानिएको छ । जो मानिसहरु गुट्खा, चुरोट वा तम्बाकु सेवन गर्छन्, उनीहरुमा जुनसुकै बिमारी पनि घातक हुने देखिन्छ, अनि कोरोनाभइरस पनि ।
महिलाको तुलनामा पुरुषले बढी चुरोट पिउने भएकाले पनि कोरोनाभइरसले उनीहरुलाई बढी असर गरेको मान्न थालिएको छ । जस्तो कि, चीनमा ५० प्रतिशत पुरुषहरुले चुरोट सेवन गर्छन् । तर, चीनमा चुरोट सेवन गर्ने महिलाको संख्या पाँच प्रतिशतमात्र छ । यसलाई एउटा कारण मानिएको छ तर यो पनि अहिलेसम्म प्रमाणित भइसकेको तथ्य चाहिँ होइन ।
तर, यो भाइरस फैलिएसँगै पछिल्लो समय के देखिएको छ भने वृद्ध पुरुषमा पनि यो भाइरसको संक्रमण वृद्ध महिलामा भन्दा बढी भएको छ । अनि ठिक हुने सवालमा पनि महिलाहरु छिटो र धेरै ठिक भइरहेका छन् । यसको कारण के होला ? यसबारे अहिलेसम्म वैज्ञानिकहरुले ठोस कारण भन्न सकेका छैनन् ।