जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत प्रसाद पोखरेललाई कोरोना संक्रमण देखिएको छ । कोरोनाको लक्षण देखिएपछि पोखरेलले केहिदिन अघि स्वाब दिएका थिए ।
लक्षण देखिए पश्चात केहिदिनदेखि कार्यालयमा अनुपस्थित भएका पोखरेलाई आज कोरोना संक्रमण देखिएको उपमहानगर स्रोतले जानकारी दिएको छ । यस बिषयमा ए वान समाचारलाई थप जानकारी दिदै पोखरेलले आफुलाई कोरोना संक्रमण पुष्टि भएकोभन्दै हाल आफु काठमाण्डौमा रहेको जानकारी दिनुभयो ।
‘म अहिले काठमाण्डौमा छु, कोरोना देखिएपछि अहिले उपचार गराईरहेको छु’ उहाले भन्नुभयो ।