जीतपुरसिमरामा युवाहरुले शुरु गरे ‘१० रुपैया’ उठाउने अभियान
ए वान डेस्क /
कोरोना महामारीको व्यवस्थापन गर्ने बिषयमा जीतपुरसिमरा उपमहानगरपालिकाले चासो नदेखाएको भन्दै सिमराका युवाहरुले बिशेष अभियान नै सञ्चालन गरेका छन् । अभियान स्वरुप युवाहरुले संक्रमणबाट बच्न र बचाउन अक्सिजन सिलिण्डर खरिद गर्न रकम संकलन गर्न थालेका छन् ।
स्थानीय युवा समुह नामक युवाहरुको टोलिले अक्सिजनको सिलिण्डर खरिद गर्न प्रति व्यक्ति १० रुपैया उठाउन थालेका हुन् । अभियानको खेलप्रेमी राजकुमार भट्राईले १० रुपैया सहयोग गरेर उद्घाटन गर्नुभएको थियो ।
हिजोदेखि शुरु भएको रकम संकलन अभियान जारी रहेको स्थानीय युवा कृष्ण अधिकारीले ए वान समाचारलाई जानकारी दिनुभयो । सिमराको रामजानकी मन्दिर अगाडी शुरु गरिएको रकम संकल्न अभियानमा सहयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको उहाले बताउनुभयो ।
कोरोना महामाहारीको समयमा स्थानीय सरकारले यसको व्यवस्थापन गर्ने बिषयमा खासै चासा नदेखाएको भन्दै सिमराका युवाहरुले पटक पटक असन्तुष्टि जनाउदै आएका छन् । युवाहरुले रकम संकल्न अभियानसंगै बिभिन्न स्थानमा आईसोलेशन वार्ड बनाउने कार्यलाई पनि तिब्रता दिर्ईरहेका छन् ।















