जीतपुरसिमरा : ‘सहायक सिडिओ’ र ‘डिएसपी’ आफै फिल्डमा !
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा प्रशासनले बिशेष चासो देखाएको पाईएको छ । देशैभर संक्रमणको दर बढ्दै जादा जीतपुरसिमरामा भने यसको रोकथाम र नियन्त्रण गर्न प्रशासनले बिशेष सक्रियता देखाएको पाईएको हो ।
संक्रमण दर कम गर्न ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख र ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख आफै फिल्डमा खटिएका छन् । प्रशासन प्रमुख लक्षमण ढकाल र प्रहरी प्रमुख दिपक श्रेष्ठ आफै फिल्डमा जनचेतना एवं मास्क वितरणमा व्यस्त देखिन्छन् ।
सामाजिक जनचेतना जगाउने कार्यमा सक्रिय दुवैले मास्क वितरण गरेका छन् । प्रशासनको आदेश उल्लघन नगर्न पटक पटक सार्वजनिक रुपमा आग्रह गर्दै आएका उनीहरु मास्क वितरण गर्न आफै फिल्डमा खटिएका थिए ।
















