डुमरवानामा स्वतन्त्र युवा समाजले बाड्यो मास्क र सेनिटाईजर
ए वान डेस्क /
कोरोना संक्रमितको संख्या बढ्दै जादा स्वतन्त्र युवा समाजले आज जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवानामा मास्क र सेनिटाईजर वितरण गरेको छ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्ने अभियान अन्र्तगत स्वतन्त्र युवा समाजले आज वडा नम्बर १५ र १४ मा मास्क र सेनिटाईजर वितरण गरेको हो ।
वडा नम्बर १५ र १४ को बिभिन्न स्थानमा पुगेर पैदल तथा यात्रा गरिरहेका शर्वसाधारणलाई मास्क र सेनिटाईजर वितरण गरिएको स्वतन्त्र युवा समाजका अध्यक्ष अरुण तामाङले ए वान समाचारलाई जानकारी दिनुभयो । सो कार्यक्रममार्फत युवा समाजले सचेतना जगाउने कार्य पनि गरेको उहाले बताउनुभयो ।
कार्यक्रमकाबिच युवा समाजका सदस्यहरुले प्ले कार्डसहित जनचेतना मुलक सन्देश प्रस्तुत गरेका थिए । मास्कको प्रयोग गरौ, सामाजिक दुरी कायम गरौ लगायतका चेतनामुलक सन्देश प्ले कार्डमा समेटिएको थियो ।















