सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो

ए वान डेस्क
२६ बैशाख २०७८, आईतवार १६:०८

सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १३ सय ५० रुपैयाँमा किनबेच भएको चाँदी आज तोलाको १३ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*