वाह ! जीतपुरसिमरामा युवाहरुले नै बनाए १० शैयाको आईशोलेसन वार्ड

ए वान डेस्क
२६ बैशाख २०७८, आईतवार १६:३१

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा युवाहरुले अक्सिजनसहितको १० शैयाको आईशोलेसन वार्ड बनाएका छन् । कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सम्बन्धीत निकायले चासो नदेखाएपछि युवाहरुले नै आईशोलेसन वार्ड बनाएका हुन् ।

वडा नम्बर २ स्थित पशुपतिनगरमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा अक्सिजनसहितको १० शैयाको आईशोलेसन वार्ड तयार गरिएको सामाजिक अभियन्ता प्रकाश ढुंगानाले ए वान समाचार डटकमलाई जानकारी दिनुभयो । छोटो समयको तयारी र प्रयाप्त पुर्वाधारको व्यवस्था नहुदासमेत आफुहरुले आईशोलेसन वार्ड बनाउन सफल भएको उहाले बताउनुभयो ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जादा यसको जोखिम पक्षलाई मध्यनजर गर्दै अरुको ज्यान बनाउन आफुहरुले सकेको आईशोलेसन वार्ड तयार गरेको ढुंगानाले बताउनुभयो । यसको व्यवस्थापन गर्न वडा नं. २ को कार्यालयले हालसम्म मौखिक प्रतिवद्वता मात्र व्यक्त गरेको भन्दै उहाले दक्ष जनशक्तिको लागी वडासंग पहल गर्ने र आईशोलेसन वार्ड सञ्चालन गरिने बताउनुभयो ।

१० शैयाको आईशोलेसन वार्डमा ३ वटा अक्सिजन ग्याससहितको सिलिण्डर राखिएको छ । अब सञ्चालनमा आउने सो वार्ड आवश्यक्ताको आधारमा बढाउन पनि सकिने ढुंगानाले बताउनुभयो ।

उपमहानगरपालिका र वडालाई आईशोलेसन वार्ड बनाउन पटक पटक ताकेता गरेपनि चासो नदेखाएकाले बाध्य भएर अग्रसरता देखाउनुपरेको उहाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*