बारा प्रशासनको निषेधाज्ञा खुकुलो, प्रहरीको उपस्थिति शुन्य
प्रदिप गौतम /
कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको लागी भन्दै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा लगायो । बैशाख २३ गतेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा लगाएपनि त्यसको खासै प्रभावकारी कार्यान्वयन भएको देखिदैन् ।
जिल्लामा सुरक्षा सर्तकता बढाएर निषेधाज्ञा कडा बनाउने प्रशासनले योजना बनाएपनि शर्वसाधारणले अटेरी गरेको पाईएको छ । जिल्लामा प्रशासनले जारी गरेको निषेधाज्ञाको बेवास्ता गर्दै निर्वाध रुपमा निजि सवारी तथा व्यवसायहरु सञ्चालन भईरहेका छन् ।
जिल्लाको सिमरा, निजगढ, कलैया, परवानिपुर, कोल्हवी, सिम्रौनगढ लगायतका क्षेत्रमा प्रहरीको उपस्थिति निकै शुन्य छ । प्रहरीले पनि आफुलाई मन लागेको समयमा मात्र चेकिङ गरेको पाईन्छ । त्यसो त प्रशासनले निषेधाज्ञा लगाएको आज ५ दिन भईसकेको छ ।
तर सडकमा अहिले पनि हेर्ने हो भने शर्वसाधारणहरु बिना काम आवात जावत गरिरहेका हुन्छन् । अत्यावश्यक काम बाहेकका निजि तथा अन्य सवारी साधन चल्न नदिने भनिएपनि निर्वाध रुपमा सञ्चालन भईरहेका छन् ।

बिहान ११ बजेसम्म पसल सञ्चालन गर्न दिने भनिएपनि साझैसम्म पसल सञ्चालन गरिरहेका छन् । यसले कोरोना संक्रमण दर दिनप्रतिदिन बढाउने देखिन्छ । निषेधाज्ञा लगाएको प्रशासन प्रभावकारी कार्यान्वयन भएको छ छैन् भन्ने बिषयमा अनविज्ञ छ । यसको निगरानी गर्ने र आदेश पालना गर्न लगाउने बिषयमा कुनै पनि निकायले खासै चासो दिएको पाईदैन् ।

स्थानीय तहसंग प्रशासनले समन्वय गरेपनि स्थानीय तह मौन बसेको अवस्था छ । यस्तो अवस्थामा प्रशासनको आदेश कसले प्रभावकारी रुपमा कार्यान्वयन गराउने ? कि सधै यसरी नै चलिरहने हो ? ।















