रोकियो माधव नेपाल समूहका सांसदको राजीनामा, संसदमा अनुपस्थित हुने

ए वान डेस्क
२७ बैशाख २०७८, सोमबार ११:२४

नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने जानकारी दिए ।

प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता रावलले जानकारी दिए ।

‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ’ रावलले भने ।

त्यस्तै रावलले अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्वीप नै अवैधानिक भएको भन्दै त्यस्तो ह्वीको कुनै अर्थ नभएको पनि माधव समुहको निष्कर्ष छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*