वडा अध्यक्ष के.सीले आफ्नै कारलाई बनाए एम्बुलेन्स !

ए वान डेस्क
२८ बैशाख २०७८, मंगलवार १६:३७

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सीले आफ्नो कारलाई आकस्मिक एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएका छन् । कोरोनाका कारण दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको र मृत्युदर पनि बढ्दै गएको भन्दै वडा अध्यक्ष के.सीले आफ्नो कारलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वडा अध्यक्ष के.सीले भन्नुभएको छ ‘कोरोना भाईरसको कारणले स्थिती असहज एव भयाभव हुदैछ, अक्सिजन र एम्बुलेन्स नपाएर संक्रमितहरूको ज्याननै जानसक्ने अवस्था लाई मध्यनजर गरि मसंग भएको गाडी तत्काललाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने घोषणा गर्दछु साथै विरामीहरूलाई अस्पताल सम्म लैजानु परेमा सम्पर्क गर्नुहोला ईस्वर के सी मोवाईल न 9855029658, अमिर पन्त 9845034655 साथै यो सेवा निशुल्क रहने व्यवहोरा जानकारी गराउदछु ।’  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*