नगर सभापति गुप्ताले गरे मास्क र अक्सिजन ग्यास सहयोग
ए वान डेस्क /
नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले जीतपुर मस्जिदलाई मास्क र सेनिटाईजर सहयोग गर्नुभएको छ । ईदको पर्वको अवसरमा जीतपुरमा नमाज पढ्न आउनेहरुलाई लक्ष्ति गरी नगर सभापति गुप्ताले मास्क र सेनिटाईजर सहयोग गर्नुभएको हो ।
मस्जिदका ईसाद अंसारीलाई नगर सभापति गुप्ताले एक हजार थान मास्क र सेनिटाईजर प्रदान गर्नुभएको हो । ईदको पर्वको अवसरमा शुभकामना दिनुहुदै नगर सभापति गुप्ताले सुरक्षीत भई पर्व मनाउन सबैलाई आग्रह गर्नुभयो ।
यसैगरी, सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय गुप्ताले सुन्दरबस्ती युवा समाजलाई ७ थान अक्सिजनसहितको सिलिण्डर समेत सहयोग गर्नुभएको छ ।सो अवसरमा उहाले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।























