आज ईदुल फित्र मनाइँदै, प्रदेश २ मा सार्वजनिक विदा

ए वान डेस्क
३१ बैशाख २०७८, शुक्रबार ११:१२

मुस्लिम धर्मालम्बीहरूले शुक्रबार पवित्र चाड इद उल फित्र (इदुल फित्र) मनाउँदै छन्। मुस्लिम धर्मालम्बीहरूले एक महिना लामो रमादान पर्व(रोजा) पुरा भएको खुसियालीमा इद उल फित्र मनाउने गर्छन्।

करिब एक महिना कठिन ब्रत गर्दै विभिन्न इस्लामिक ग्रन्थ पाठ गरी बस्ने प्रचलन रहेको छ । उक्त समयमा नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न र हेर्न पनि नहुने कडा नियम छन्।

रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ। इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम समुदायहरू पवित्र भइ नयाँ नयाँ सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढने परम्परा रहेको छ ।

तर बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्षको इद सरकारले घरभित्र रहेर मनाउने आग्रह गरेको छ ।

मुस्लिम समुदायको पवित्र पर्व रामजान (इदउलफित्र) को अवसरमा प्रदेश २ ले शुक्रवार सार्वजनिक विदा दिएको छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै घरमै बसेर स्वास्थ्य मापदण्डको पालना गरी सुरक्षित रुपमा पर्व मनाउन पनि आग्रह गरेका छन् ।

बिहिवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले पर्वले भातृत्वको विकास र सुख तथा शान्तिको स्थापित होस् भन्ने कामना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*