समाजसेवामा ‘मञ्जु’ को सक्रियता !
ए वान डेस्क /
मञ्जु धमाला । मकवानपुरको हेटौडा निवासी मञ्जु पछिल्लो केहि समय यता सामाजिक कार्यमा निकै सक्रिय छिन् । बाल्यकालदेखि नै सामाजिक कार्यमा चासो देखाउने मञ्जु समाज सेवामा अहिले निकै तल्लिन छिन् ।
त्यसो त समाज सेवामा मञ्जुको सक्रियतालाई सबैले प्रशंसा गर्दै आईरहेका छन् । मञ्जुले गरिव दिनदुखीको लागी अभियान नै चलाएर सहयोग संकल्न गर्ने गरेकी छिन् । गरिवको लागी मात्र नभई अपांग, बालबालिका लगायत बिपन्न बर्गको निम्ति पनि धेरै सहयोग गरिसकेकी छिन् ।
बिभिन्न क्षेत्र, निकाय र व्यक्ति बिशेष मञ्जुको अभियानमा जोडिदै सहयोग समेत गर्दै आएका छन् । परिवारीक साथ पाएकी मञ्जुले हालै मात्र मनहरी आसपासका क्षेत्रमा रहेका चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरेकी छिन् । आसपासका झन्डै ४० घर परिवारलाई खाद्यँन्न सहयोग गरिएको मञ्जुले बताईन् ।

कोरोना कहरको समयमा सामाजिक दुरी कायम गरी खाद्यान्न वितरण गरिएको उनले बताईन् । ४० घर परिवारलाई खाद्यान्न वितरण गर्न बिभिन्न व्यक्तिहरुले मञ्जुलाई सहयोग समेत प्रदान गरेका थिए । सो अवसरमा मञ्जुले सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिईन् ।
सो खाद्यान्न सहयोग कार्यक्रममा पत्रकार राजेश गरिवको पनि उपस्थिति रहेको थियो ।























