जीतपुरसिमरामा अखिल नेपालले बाड्यो मास्क र सेनिटाईजर

ए वान डेस्क /
अखिल नेपाल टे«ड युनियन महासंघ जीतपुरसिमरा उपमहानगर कमिटिले आज वडा नम्बर ३ मा मास्क र सेनिटाईजर वितरण गरेको छ । सामाजिक रुपमा जनचेतना जगाउदै उपमहानगर कमिटिले आज वडा नम्बर ३ मा मास्क र सेनिटाईजर वितरण गरेको हो ।
सामाजिक दुरी कायम गरौ, कोबिड १९ बाट आफु पनि बचौ र अरुलाई बचाऔ भन्ने नारासहित जनचेतना एवं मास्क र सेनिटाईजर वितरण गरिएको अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश नम्बर २ का अध्यक्ष अर्जुन चिमोरियाले ए वान समाचारलाई जानकारी दिनुभयो । उहाका अनुसार वडा नम्बर ३ मा जनचेतना मुलक कार्यक्रमसहित ६०० बिपन्न घर परिवारलाई मास्क रसेनिटाईजर वितरण गरिएको हो ।
यसैगरी वडा नम्बर ३ मा रहेकोे प्रहरी बिटलाई समेत मास्क र सेनिटाईजर वितरण गरिएको चिमोरियाले बताउनुभयो । जीतपुरसिमरा नगर कमिटिका अध्यक्ष उद्धव अधिकारीको अध्यक्षता सम्पन्न जनचेतना कार्यक्रममा प्रदेश २ का अध्यक्ष अर्जुन चिमोरिया, सह–ईन्चार्ज मिन प्रसाद आपागाई, जिल्ला सदस्य दिपक कार्की, गिरि थापा, संकर कार्की, जिल्ला सदस्य गणेश मगर लगायतको उपस्थिति रहेको थियो ।