अनेरास्ववियुले जीतपुरसिमरामा बाड्यो मास्क र सेनिटाईजर

ए वान डेस्क
२ जेष्ठ २०७८, आईतवार ०९:१६

ए वान डेस्क /

नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु जितपुरसिमरा उपमहानगर कमिटिले मास्क र सेनिटाईजर वितरण गरेको छ । अनेरास्ववियुको ५७औ स्थापना दिवसको अवसरमा वडा ४ को फरदुवा र बिसौलियामा करिब २००० पिस सर्जिकल माक्स र सेनिटाईजर वितरण गरेको हो ।

सो अवसरमा जनचेतना मुलक कार्यक्रम समेत गरिएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य ईश्वर बस्नेतले जानकारी दिनुभयो । कोरोना माहामारिमा आफ्नो क्षेत्रको जनतामा जनचेतना जगाउनु पर्छ भन्ने उद्धेश्य साथ माक्स र सेनिटाईजर वितरण गरिएको उहाले बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियुका जिल्ला कमिटि सदस्य अतिश श्रेष्ठ, शुसान्त शाह ठकुरी, सन्तोस दहाल, समीर लुईटेल, सन्तोस तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*