समाजसेवी तिमल्सिनाले गरे ६ थान फुटबल सहयोग
ए वान डेस्क /
समाजसेवी मदन तिमल्सिनाले आर.टी युथ क्लबलाई आज ६ थान फुटबल सहयोग गर्नुभएको छ । सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय तिमल्सिनाले वडा नम्बर ३ मा रहेको आर.टी युथ क्लबलाई फुटबल सहयोग गर्नुभएको हो ।
देशको लागि फुटबल, स्वास्थ्यका लागी फुटबल भन्ने नाराका साथ आयोजित एक कार्यक्रमकाबिच तिमल्सिनाले फुटबल सहयोग गर्नुभएको खेलप्रेमी दिपक लामालाई जानकारी दिनुभयो । सो अवसरमा आर.टी युथ क्लबले सहयोग गर्ने तिमल्सिनालाई धन्यवाद् व्यक्त गरेको छ ।























