जीतपुरसिमराका मेयरले आफ्नै गाडीलाई बनाए एम्बुलेन्स !

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले अन्ततः आफु चाढ्ने गाडीलाई एम्बुलेन्स बनाउनुभएको छ । बिभिन्न क्षेत्रबाट चौतर्फी दबाब आएपछि नगर प्रमुख पौडेलले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाउनुभएको हो ।
ना १ झ १६१९ नम्बरको गाडीलाई एम्बुलेन्स बनाईएको नगर प्रमुख डा. कृष्ण पौडेलले ए वान समाचार डटकमलाई जानकारी दिनुभयो । यसअघि उपमहानगरपालिकामा रहेको मेयर, उप मेयर र प्रमुख प्रशासकीय अधिकृतको तिन वटै गाडीलाई एम्बुलेन्स बनाउनुपर्ने भन्दै उपमहानगरपालिकाको चौतर्फी विरोध भएको थियो ।
नगर प्रमुख डा. पौडेलले हाललाई एउटा गाडीलाई एम्बुलेन्स बनाईएको भन्दै आवश्यक्ता परे अन्यलाई पनि बनाईने बताउनुभयो ।