बारामा दुई बालकको हत्या

ए वान डेस्क
४ जेष्ठ २०७८, मंगलवार १२:०४

ए वान डेस्क /

बारामा दुई जना बालकको हत्या भएको छ । प्रहरीका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई बालकको हत्या भएकाके हो । दुई जना बालकको शव घाटी रेटिएको अवस्थामा फेला परेको थियो ।

रंगपुर निवासी अब्दुल गफार अन्सारीका ५ वर्षीय छोरा अमन अन्सारी र करिब ८ वर्षीय उस्मान अन्सारीको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना भएलगत्तै प्रहरी नायब उपरीक्षक गौतम मिश्रको नेतृत्वको टोलि घटनास्थल पुगेको थियो ।

स्थानीयका अनुसार ती बालकहरुको शव मदर्शा टोलमा फेला परेको थियो । घरबाट खेल्न निस्किएका दुई बालक हिजो देखि नै सम्पर्क बिहिन भएका थिए । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*