प्रधानमन्त्री विश्वासको मत लिने प्रक्रियामा नजाने

ए वान डेस्क
६ जेष्ठ २०७८, बिहीबार १९:५२

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा भएको कुराकानीबारे उनले भने, ‘अब विश्वासको मत नलिने, अब ७६ (५) अनुसार उनीहरुलाई (विपक्षी दललाई) नै सरकार बनाऊ भनेर राष्ट्रपतिलाई सिफारिस गरौं भन्नुभएको थियो ।’

ओली संविधानको धारा ७६ (३) अनुसार संसदको सबै भन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । यो व्यवस्थाअनुसार नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*