कोरोनाबाट जीतपुरसिमरामा एकैदिन दुई जनाको मृत्यु

ए वान डेस्क
७ जेष्ठ २०७८, शुक्रबार ०९:५८

ए वान डेस्क /

कोरोना संक्रमणबाट बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई जनाको मृत्यु भएको छ । पर्साका बिभिन्न अस्पतालमा गरिएको उपचारको क्रममा बिहीबार उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वडा नम्बर १ र वडा नम्बर ७ का पुरुष रहेका छन् । नारायणी बयोधा अस्पतालमा जीतपुर सिमरा उपमहानगरपालिका– १ पथलैया बस्ने ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

वैशाख २२ गते अस्पताल ल्याई भोलिपल्ट पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बिहीबार बिहान ३ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी, वीरगञ्ज हेल्थ केयर अस्पतालमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १ गते बिरामी भई उपचारका लागि भर्ना गरिएको थियो ।

दुई दिनपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा राखेर उपचारको क्रममा बिहीबार बिहान ४ः४० बजे उनको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*