निजगढमा माओवादी केन्द्रको हेल्थ डेस्क : निशुल्क एम्बुलेन्सदेखि औषधी र पोषणसम्म
ए वान डेस्क /
कोरोना महामारीलाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्र निजगढ नगर कमिटिले हेल्थ डेस्क स्थापना गरेको छ । ‘जनताको सुख, दुःखमा माओवादी’ भन्ने नाराका साथ निजगढ नगर कमिटिले हेल्थ डेस्क स्थापना गरेको हो ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई सफल बनाउन निजगढमा हेल्थ डेस्क स्थापना गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य एवं हेल्थ डेस्कका नेतृत्वकर्ता रविराज दंगालले ए वान समाचार डटकमलाई जानकारी दिनुभयो । हेल्थ डेस्कमार्फत अति बिपन्न र कमजोर अवस्थाका बिरामीलाई औषधी र पोषणको व्यवस्था मिलाईएको दंगालले जानकारी दिनुभयो ।
कोभिड बिरामीहरुसंग स्वास्थ्य परामर्श गर्ने नगर कमिटिले नगरभित्र निशुल्क एम्बुलेन्स भ्यान समेत सञ्चालन गरेको छ । यसैगरी कोभिड भ्याक्सिन फर्म भर्ने व्यवस्था मिलाएको नगर कमिटिले बिरामीको उपचारको लागी अस्पतालसंग समन्वय गर्ने काम समेत गर्ने नेता दंगालले बताउनुभयो ।
















