बारा प्रहरीको सफल्ता : दुई बालकको हत्या गर्ने अंसारी पक्राउ

ए वान डेस्क /
बारामा दुई जना बालकको हत्या गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरका दुई बालकको हत्या गर्ने फरमुल्लाह अंसारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
दुई बालकको हत्या गर्ने सोही टोलका अंसारीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रंगपुरका दुई जना बालकको शव जेठ ४ गते वडा नम्बर ११ मा फेला परेको थियो ।
दुई बालक जेठ ३ गते साझदेखि नै बेपत्ता भएका थिए । घटना भए लगत्तै प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको नेतृत्वमा अनुसन्धानको प्रक्रिया अघि बढाएको बारा प्रहरीले पाच दिनमै हत्यारा पक्राउ गरी सार्वजनिक गर्न सफल भएको हो ।
सोही क्रममा घटनाको अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक गौतम मिश्रको नेतृत्वमा ९ सदस्य छानविन कमिटि गठन गरिएको थियो ।
यस्तो छ प्रहरीको बिज्ञप्ती