जीतपुरसिमरामा अब हप्ताको दुई दिन पिसिआर हुने

ए वान डेस्क
१२ जेष्ठ २०७८, बुधबार २०:०६

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अब हप्ताको दुई दिन पिसिआर चेक हुने भएको छ । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले दुई दिन पिसिआर चेक गर्न थालेको हो ।

यसअघि शुक्रबार मात्र चेक हुदै आएको पिसिआर अब मंगलबार पनि हुने भएको छ । कोरोनासंग सम्बन्धीत लक्षण देखिएकाहरुले पिसिआर चेक गर्न सक्ने उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार पिसिआर चेक गर्न अघिल्लो दिन ५ बजेभित्र नै नाम लेखाईसक्नुपर्नेछ । हप्ताको दुई दिन वडा नम्बर २ मा उपमहानगरपालिकाले सञ्चालन गरेको आईशोलेसन वार्डमा पिसिआर चेक गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*