पथलैयाबाट अबैद्य लागु औषधसहित २ जना पक्राउ
ए वान डेस्क /
अबैद्य लागु औषध गाजासहित पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाबाट खटिएको संयुक्त प्रहरी टोलिले वडा नम्बर १ स्थित पथलैया चोकबाट २१८ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ निवासी घनश्याम गिरी र चितवन खैरहनी नगरपालिका वडा नम्बर २ निवासी रामकुमारी दुवाडी रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
बिशेष सुचनाको आधारमा ना४ख २९७९ नम्बरको ट्यांङकरबाट अबैद्य लागु औषध गाजासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्य गिरि सोही ट्यांकरका चालक हुन् भने दवाडी सह चालक हुन् ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।























