जीतपुरसिमरामा एकैदिन पाच ठाउमा मास्क र सेनिटाईजर सहयोग
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मंगलबार एकैदिन पाच ठाउमा मास्क र सेनिटाईजर सहयोग गरिएको छ । वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले मंगलबार एकदिन पाच ठाउमा मास्क र सेनिटाईजर सहयोग गर्नुभएको हो ।
वाईसिएल नगर संयोजक के.बि रिजाल, सामाजिक अभियन्ता बिरेन्द्र बास्कोटासहित बिभिन्न व्यक्तिहरुसंगको समन्वयमा संकल्न भएको मास्क र सेनिटाईजर वडा अध्यक्ष श्रेष्ठले सहयोग गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले नया गोरेटो पुर्नस्थापना केन्द्रलाई २०० वटा मास्क र ५ लिटर सेनिटाईजर सहयोग हस्तान्तरण गर्नुभएको थियो । सो सहयोग सामग्री संस्थाका अध्यक्ष राजकुमार लामालाई हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी, नेरामावी डुमरवाना र जनता मा.बि रजघट्टाको दृष्टिबिहिन बिद्यालयमा पनि मास्क र सेनिटाईजर सहयोग गरिएको छ । दुई सय मास्क र ५ लिटर सेनिटाईजर वडा अध्यक्ष श्रेष्ठले बिद्यालयका अध्यक्ष रामशरण बर्तौला र प्रधानाध्यापक राजु प्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । उता, नेरामावी डुमरवानाको दृष्टि बिद्यालयको लागी भने दृष्टिबिहिन शिक्षक कृष्ण प्रसाद तिमल्सिनालाई सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।
यस्तै नेपाल अपांग सेवा संघ बारालाई पनि ३०० मास्क र ५ लिटर सेनिटाईजर सहयोग गरिएको छ । सो सामग्री अध्यक्ष धन प्रसाद बजगाईलाई वडा अध्यक्ष श्रेष्ठ, वाईसिएल नगर संयोजक रिजाल र सामाजिक अभियन्ता बास्कोटाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी, के.बि साम आल्मोनियम जीतपुरले वडा नम्बर २ को वडा कार्यालयलाई २० लिटर सेनिटाईजर सहयोग गरेको छ । वाईसिएल नगर संयोजक के.बि रिजालको समन्वयमा वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठलाई सो सामग्री हस्तान्तरण गरिएको सामाजिक अभियन्ता बिरेन्द्र बास्कोटाले ए वान समाचार डटकमलाई जानकारी दिनुभयो ।
यसैबिच, समाजसेवी बबन शाहले पनि वडा नम्बर २ को कार्यालयलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको छ । झन्डै २०० रकम बराबरको मास्क समाजसेवी शाहले वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठलाई सहयोग गर्नुभएको हो । सो अवसरमा वडा अध्यक्ष श्रेष्ठले सहयोग गर्ने शाहलाई धन्यवाद दिनुभएको थियो ।
























