न्यौपानेको मृत्युले पार्टीलाई ठुलो क्षती पुग्यो ः नगर सभापति गुप्ता

ए वान डेस्क
१९ जेष्ठ २०७८, बुधबार १२:१८

ए वान डेस्क /

नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले नेतृ मिना न्यौपानेको मृत्युले पार्टीलाई ठुलो क्षती पुगेको बताउनुभएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकी न्यौपानेप्रति श्रदाञ्जली व्यक्त गर्दै नगरसभापति गुप्ताले यस्तो बताउनुभएको हो ।

काग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ की कोषाध्यक्ष समेत रहनुभएकी न्यौपाने नेपाल महिला संघकी वडा सभापति पनि हुनुहुन्थ्यो । न्यौपानेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको नगर सभापति गुप्ताले बताउनुभयो ।

न्यौपानेको मृत्युबाट पार्टीले एउटा योध्दालाई गुमाएको उहाले बताउनुभयो । न्यौपानेको मृत्युप्रति नेपाली कांग्रेस जीतपुरसिमरा नगर कमिटिले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*