जन्मदिनको अवसरमा युवा नेता गुप्ताद्धारा कोठा भाडा मिनाहा

ए वान डेस्क
१ असार २०७८, मंगलवार ०९:५३

ए वान डेस्क /

नेपाली काग्रेस युवा नेता श्यामबाबु गुप्ताले बाबा मार्केट सिमराको बैशाख महिनाको कोठा भाडा नलिने घोषणा गर्नुभएको छ । काग्रेस जीतपुरसिमराका नगर सभापति समेत रहनुभएका युवा नेता गुप्ताले आज परेको आफ्नो जन्मदिनको अवसरमा यस्तो घोषणा गर्नुभएको हो ।

कोरोना भाईरसबाट सबै क्षेत्र अस्तव्यस्त भएको भन्दै युवा नेता गुप्ताले बाबा मार्केटको बैशाख महिनाको कोठा भाडा नलिने घोषणा गर्नुभएको हो । ‘अहिलेको अवस्था निकै भयावह छ, परिस्थिति पनि निकै असहज छ, त्यसैलाई मध्यनजर गर्दै मैले बैशाख महिनाको कोठा भाडा नलिने घोषणा गरे’ गुप्ताले भन्नुभयो ।

सामाजिक क्षेत्रमा समेत सक्रिय गुप्ताले गत बर्षपनि चैत्र महिनाको कोठा भाडा मिनाहा गर्नुभएको थियो । बाबा मार्केटका सञ्चालक गुप्ताको यो घोषणाबाट झन्डै २ दर्जन व्यवसायी लाभान्वित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*