जीतपुरसिमरा : जनप्रतिनिधिद्धारा नगरसभा बोलाउन माग

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा अनिश्चित बन्दै गएपछि नगरसभा बोलाउन नगरका जनप्रतिनिधिहरूले माग गरेका छन् ।
असार १०गतेभित्र नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरी असार २० गतेसम्म पारित गर्नुपर्ने कानुनी व्यवस्था भएपनि असारको १५ गते हुँदासम्म नगरसभा उद्घाटन समेत नभएपछि नगरका जनप्रतिनिधिहरूले नगरसभा बोलाउन माग गर्दै निवेदन बुझाएका थिए ।
जनप्रतिनिधिहरूले जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख, प्रशासकीय प्रमुखको उपस्थितिमा नगर प्रमुख डा।कृष्ण पौडेललाई निवेदन पत्र पेस गरेका हुन् । उनीहरूले नगरसभा गर्न पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ हुन नसेको बताएका छन् ।
नगरसभाको माग गर्दै जीतपुरसिमराका वडाध्यक्षहरु हिराबहादुर गुरुङ्ग,तिलक श्रेष्ठ,जगन्नाथ घिमिरे, भोजराज बहादुर खत्री (ईश्वर),मोहित चौधरी, कैयमुदिन अन्सारी,रामशरण बतौैला,रसुलमियाँ अन्सारी लगायतका वडाध्यक्ष सहित बहुमत नगरसभा सदस्यहरु हस्ताक्षर सहित नगरसभाको माग गरेका छन्