बारामा जंगली हात्तीको आक्रमणबाट कृषकको मृत्यु

ए वान डेस्क
१८ असार २०७८, शुक्रबार १०:२५

शुक्रवार बिहान जंगली हात्तीको आक्रमणबाट बारामा एक जना कृषकको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा कलैया उपमहानगरपालिका-२, औधापुर निवासी ४५ बर्षीय रामदेव पटेल रहेका छन् ।

खेतमा बिहान काम गरिरहेका पटेललाई करिब पौंने आठ बजे जंगली हातीले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो ।

गम्भीर घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

जङ्गल क्षेत्रबाट करिब १५/१६ किलोमिटर टाँढा सदरमुकाम कलैया नजिक आएर हातीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*