पत्रकार आचार्यलाई २५ हजार राशीको खेलकुद पत्रकारिता पुरस्कार
नेपाल खेलकुद पत्रकार मञ्च बाराले प्रदान गर्ने ‘खेलकुद पत्रकारिता पुरस्कार २०७७’ पत्रकार अविनाश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ ।
शनिवार सिमरामा सम्पन्न मञ्चको वैठकले २५ हजार राशीको सो पुरस्कार सिआईएन र स्थानीय रेडियो सिमरामा कार्यरत पत्रकार आचार्यलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सुनील गाउलेले जानकारी दिए ।
आगामी भदौ २७ गते मञ्चको स्थापना दिवसका अवसरमा एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिने अध्यक्ष गाउ“लेले बताए । जिल्लामा रहेर कृयाशिल पत्रकारहरुलाई खेलकुद पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले स्थापना गरेको सो पुरस्कार आगामी दिनमा प्रत्येक वर्ष प्रदान गर्ने निर्णय समेत वैठकले गरेको छ ।















