जीतपुरसिमरामा बैंकका कर्मचारीद्धारा सामाजिक सुरक्षा कोषको बिरोध

ए वान डेस्क
२४ असार २०७८, बिहीबार १०:५६

ए वान डेस्क /

सरकारले घोषण गरेको सामाजिक सुरक्षा कोषमा सहभागि नहुने भन्दै जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका बैंकका कर्मचारीहरुले बिरोध गरेका छन् । उनीहरुले सरकारले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुलाई जबर्जस्ती आबद्व गराउन लागेको बिरोधमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

सोही क्रममा आज उपमहानगरपालिकाभित्र रहेका बैंकका कर्मचारीहरुले ब्यानरसहित बिरोध कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले खाइपाई आएको रकम घट्ने भएकाले आफूहरुले कोषको बिरोध गरेको बताएका छन् ।

बिरोध स्वरुप कमचारीहरुले आज र्याली निकालेका थिए । सिमराको मुख्य चोकबाट शुरु भएको बिरोध र्यालीले सिमरा बजार परिक्रमा गरेको थियो । र्यालीपछि सिमरा चोकमा आयोजित कोणसभामा बोल्दै सहभागीहरुले सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा सहभागि नहुने बताए ।

सिद्धार्थ बैंक सिमराका म्यानेजर कृष्ण गौतमले केन्द्रिय कार्यक्रमलाई एक्यबद्धता जनाउदै आफुहरुले पनि बिरोध कार्यक्रमको आयोजना गरेको बताउनुभयो । ए वान समाचार डटकमसंगको कुराकानीमा उहाले भन्नुभयो ‘केन्द्रिय कार्यक्रमलाई एक्यबद्धता जनाउन हामीले पनि कार्यक्रम गरेका हौ’ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*