पर्यावरण जोगाउन बृक्षारोपण : जीतपुरसिमराका युवाहरुबाट केहि सिक्ने कि ?

ए वान डेस्क
२७ असार २०७८, आईतवार १९:२१

ए वान डेस्क /

पर्यावरण जोगाउन जीतपुरसिमराका युवाहरुले बृक्षारोपण गरेका छन् । रुख बिरुवा मासिदै जादा पर्यावरणमा गम्भिर असर पर्न थालेको भन्दै युवाहरुले बृक्षारोपण गरेका हुन् । इन्द्रेणी युवा क्लव, हाम्रो युवा समाज लगायत संस्थामा आवद्ध युवाहरुले वडा नम्बर १४ मा बृक्षारोपण गरेका हुन् ।

वडा नम्बर १४ को दुधौरा किनारामा बृक्षारोपण गरिएको ईन्द्रेणी युवा क्लबका अध्यक्ष कपिल खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार दुधौराको किनारमा रहेको खाली जमिनमा बृक्षारोपण गरिएको हो ।

सशस्त्र प्रहरीसंगको सहकार्य र समन्वयमा बृक्षारोपण गरिएको क्लबका सचिव सरोज खनालले जानकारी दिनुभयो । खनालले दुधौरा किनारमा गरिएको बृक्षारोपणले नदि कटान नियन्त्रण गर्न पनि ठुलो भुमिका खेल्ने बताउनुभयो ।

बृक्षारोपण कार्यक्रममा नेपाल बाल संगठन बाराका सभापति त्रिलोकबिक्रम शाह, भुमिसम्बधि समस्या आयोग बाराकी सदस्य चयन गुरुङ, समाजसेवी भरतबहादुर खड्का , इन्द्रेणी युवा क्लबका अध्यक्ष कपिल खरेल, सचिव सरोज खनाल, हाम्रो युवा समुहका अध्यक्ष प्रताप रिजाल लगायतका युवाहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*