सुर्य नेपालले जीतपुरसिमरा उद्योग वांणिज्य संघलाई दियो एम्बुलेन्स

ए वान डेस्क
७ श्रावण २०७८, बिहीबार १४:२१

बाराको सिमरामा सञ्चालित बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालिले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई आधुनिक प्रविधिको एम्बुलेन्स दिएको छ ।
कम्पनीको परिसर भित्र कम्पनीका जनरल मेनेजर प्रभाकर बिक्रम शाहले एम्बुलेन्सको चाबी नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साहलाई हस्तान्तरण गरेका छन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा कम्पनीका कमर्सियल म्यानेजर उमेश जंग थापा, ई. शुरेश काजी श्रेष्ठ, यज्ञ बहादुर आले, माधव खनाल सहभागि थिए । त्यसैगरि नगर उद्योग बाणिज्य संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने, उपाध्यक्ष मनोज गुप्ता, महासचिव शिवजी साह, कोषाध्यक्ष अमर यादव, उद्योग सचिव एवं एम्बुलेन्स सञ्चालन समिती संयोजक लक्ष्मण अधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरपालिकाको स्वास्थ प्रतिनिधि समेतको उपस्थिती थियो । नेपाल सरकारलाई सबैभन्दा धेरै राजस्व बुझाउने सुर्य नेपालले सामाजिक उत्तरदायीत्व स्वरुप कोभिड १९ महामारीको विषम परिस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरेको भन्दै संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने धन्यवाद ज्ञापन गरेका छन् ।

उनले नगरका व्यवसायिक प्रतिष्ठान सहित नागरिकलाई कोभिड बिरुद्धको अभियानका लागी एम्बुलेन्सको सदुपयोग हुने भन्दै सुर्य नेपालले स्थानिय स्तरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सामाजिक उत्तरदायित्व बहन गरेको प्रति खुशी ब्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*