जीतपुरमा माओवादी केन्द्रको पार्टी कार्यालयको उद्घाटन
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयको उद्घाटन गरिएको छ । पार्टी कार्यालयको माओवादी केन्द्रका जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अनिलले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै जिल्ला अध्यक्ष श्रेष्ठले एक ढिक्का भएर पार्टीमा लाग्न आग्रह गर्नुभयो । पार्टीको निति, नियम र निर्देशन सबैले पालना गर्नुपर्नेभन्दै उहाले क्रियाशिल भएर लाग्न आग्रह गर्नुभयो ।
माओवादी केन्द्र वडा नम्बर ७ का अध्यक्ष ह्ृदयनारायण रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटि सदस्य धन बहादुर श्रेष्ठ, अर्जुन चिमोरिया, राजदेव पासवान, वाईसिएल जिल्ला संयोजक अर्जुन शर्मा, पत्रकार गंभिरा सहनी लगायतको उपस्थिति रहेको माओवादी केन्द्रका नेता बिरेन्द्र बास्कोटाले ए वान समाचार डटकमलाई जानकारी दिनुभयो ।















