डुमरवानामा पुर्व मन्त्री शाहले भनिन् : एकताबद्ध भएर अघि बढौ

ए वान डेस्क
१० श्रावण २०७८, आईतवार १९:२९

ए वान डेस्क /

पुर्व मन्त्री ज्वाला कुमारी शाहले पार्टीमा एक ढिक्का भएर लाग्न आग्रह गर्नुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवानामा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री शाहले यस्तो बताउनुभएको हो ।

वडा नम्बर १२, १३, १४ र १५ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै शाहले एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको हो । नेकपा एमालेकी केन्द्रिय सदस्य एवं प्रदेश नम्बर २ की अध्यक्षसमेत रहनुभएकी शाहले पार्टीको निर्णय रचनात्मक ढंगले कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाले सबै वडाका नेता÷कार्यकर्तालाई सकृय सहभागिता जनाउन समेत आग्रह गर्नुभयो ।

अगुवा कार्यकर्ता भेलामा एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको अनेरास्ववियु बाराका सह संयोजक कपिल खरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*