आजदेखि ३ दिनसम्म व्यापक वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

ए वान डेस्क
११ श्रावण २०७८, सोमबार ०८:०४

आज (आइतबार) देखि बुधबारसम्म देशभर व्यापक वर्षाको सम्भावना देखिएकाले आम नागरिकलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ जारी गरेको विशेष मनसुन बुलेटिन–६ अनुसार बिस्तारै न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइरहेकाले यसका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना बढेको हो।

यस क्रममा आज (सोमबार) सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मंगलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना हुने देखिएको छ।

bidhlab
बुलेटिनमा भनिएको छ– प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।’

यस्तै बुधबार देशैभरी धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ।

बुलेटिनमा सचेत गराउँदै भनिएको छ, ‘आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबारसम्म दैनिक वर्षाको सम्भावना यस्तो छ :

साउन ११ गते सोमबार (आज)
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन १२ गते मंगलबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं. १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं. १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन १३ गते बुधबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*