बारामा सनराईज बैंकको शाखारहित बैंकिङ्ग सेवा बिस्तार

ए वान डेस्क
११ श्रावण २०७८, सोमबार ११:०८

सनराईज बैंक लिमिटेडले बारा जिल्लाको बारागढी मा आफ्नो सेवा विस्तार गरेको छ । बारागढी गाउँपालिका वडा नं.– २, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६, बर्मेलीटोलमा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेक्वामा ए.टि.एम सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

गत शनिबार, साउन ९ मा आयोजित छुटा छुटै कार्यक्रमका शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रमको प्रमुख आतिथिमा बारागढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वाका अध्यक्ष कृष्ण चौधरी, सन्राइज बैंक निजगढ शाखाका शाखा प्रबन्धक प्रद्युम्न आचार्यको सभा अध्यक्षता र इलाका प्रहरी कार्यालय बारागढी गा.पा.को प्रमुख उमा शंकर गुप्ताको विशेष आतिथ्यता तथा बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

साथै ए.टि.एम सेवा समुद्घाटन कार्यक्रम सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख सुनिल मण्डलको प्रमुख आतिथ्यता, सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण, गणपति सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीको अध्यक्षता र कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम दिनेश यादवको आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा ए.टि.एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत ए.टि.एम सेवा अन्तर्गत ए.टि.एम कार्ड र बिना ए.टि.एम कार्ड मार्फत मार्फत ऋबचमभिकक ऋबकज ध्ष्तजमचबधब०ि कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गणका प्रहरी कर्मचारीहरु र स्थानिय जनसमुदायलाई लक्षित गरी बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.–७, चुहाडे, उदयपुरमा आफ्नो ७८ औं शाखारहित बैंकिङ्ग सेवाको मिति २०७८/ ०४/ ०२ शनिबार सुुरुवात गरेको थियो ।

हालसम्म सनराईज बैंकको शाखारहित बैंकिङ्ग र ए.टि.एम सेवा बिस्तार बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*